टाइगर कप क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको तयारी पुरा

पोखरा, माघ २४ गते । पोखरामा आयोजना हुने आमन्त्रित राष्टिय क्लब च्याम्पियनसिप महिल पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ ।माघ २७ देखि फागुन १ गतेसम्म पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजक टाईगर ग्रुप पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरुषतर्फ सशस्त्र प्रहरीबल काठमाण्डौ, त्रिभुवन आर्मी क्लव, काठमाण्डौं, नेपाल प्रहरी काठमाण्डौ र गण्डकी प्रदेशको सहभागिता रहने छ भने महिलातर्फ सशस्त्र प्रहरीबल काठमाण्डौ, त्रिभुवन आर्मी क्लव, काठमाण्डौं, नेपाल प्रहरी काठमाण्डौ र न्यू डायमण्डको सहभागिता रहने छ ।

 

प्रतियोगिताका विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, द्वितियले ७५ हजार तथा तृतियले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी सान्त्वना पुरस्कार १५ हजार राखिएको छ । यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्नेछन । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्नेछन ।

 

कुल २५ लाख अनुमानित खर्च हुने जनाइएको उक्त प्रतियोगितामा ३० लाख वचत हुने ग्रुपका सचिव प्रकाश बरालले बताए ।उनका अनुसार प्रतियोगिताबाट बचेको रकम सामाजिक, खेल क्षेत्र र खेलाडीको सहयोगका लागि खर्च गरिने छ । प्रतियोगितामा पहिलो चरणको खेलका लागि टिकट दर १ सय तोकिएको छ भने सेमीफाइनलका लागि १ सय ५० र फाइनल खेलका लागि २ सय तोकिएको छ ।प्रतियोगिता हेर्न दर्शकका लागि फलामका प्याराफिट निर्माण गरिएको छ । त्यस्तै ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरुका लागि छुटटै प्याराफिटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...