मेघगर्जनसहित चट्याङ पर्न सक्ने सम्भावना

काठमाडौं, माघ २४ गते । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले केही स्थानमा मेघगर्जनका साथै चट्याङ पर्न सक्ने सम्भावना छ ।


लुम्बिनी प्रदेशको दाङदेखि पूर्वी नेपालका उच्च पहाडी क्षेत्रमा थानमा मेघगर्जनको साथै चट्याङ पर्ने सक्ने सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।मौसमविद् सजिना शाक्यले  ती क्षेत्रमा सामान्य वर्षासँगै मेघगर्जन हुने भएकाले सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध गर्नुभएको छ ।

कालो बादल देखिए पनि उहाँले नेपालमा तत्काल आँधीबेहरीको सम्भावना नरहेको जानकारी गराउनुभयोे ।उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपात तथा सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश न १ र बागमती प्रदेशमा बदली भै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि मौमस पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...