काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष) ले आज शक्ति प्रदर्शन गर्दैछ ।उपत्यकाका ५ ठाँउबाट निस्कने जुलुसको नेतृत्व गर्न अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बाहेकका सबै केन्द्रीय नेता सडकमा ओर्लिदै छन्।
केन्द्रीय संघर्ष समितिका अनुसार सबै सहायक जुलुस ११ बजे शुरू हुने छन् भने मूल जुलुस १२ बजे शुरू हुनेछ । मुल जुलुस सुन्धारा-वीरअस्पताल-जमल-घण्टाघर-बागबजार-पुतलीसडक-पद्मोदय मोड-प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपस्थित सभास्थलमा पुग्नेछ।
उपत्यका बाहिर र भित्रबाट लाखौं मानिस ओर्लिने निश्कर्ष निकालिएको थियो।बरिष्ठ नेता झलनाथ खनाले लाखौं मान्छे सभामा आउने ‘रिर्पोटिङ’ बैठकमा भएको जानकारी दिए ।नेकपाले विरोधसभा कुनै एक दलको कार्यक्रमका रूपमा मात्रै नबुझी सबैलाई सहभागी हुन आह्वान गरेको छ । विरोधसभाबार फेसबुक लाइभमार्फत ‘ब्रिफिङ’गर्दै नेकपा स्थायी कमिटी सदस्य एवम् केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराई यस्तो आह्वान गरेका हुन्।
‘ विरोध प्रदर्शन कुनै राजनीतिक दलको मात्रै विरोध प्रदर्शन होइन,’ भट्टराईको भनाइ छ, ‘अवश्य पनि यो नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा हुने विरोध प्रदर्शन हो । यो विरोध प्रदर्शन प्रतिगमनको विरुद्धमा हो, असंवैधानिक कदमको विरुद्धमा हो, लोकतन्त्रको पक्षमा हो । अहिले भइरहेका बलात्कार, हत्या, हिंसाको विरुद्धमा हो । यसअघि ९ माघमा राजधानीमा ठूलो विरोधसभा गरिसकेको प्रचण्ड-माधव पक्षले यो विरोध अहिलेसम्मकै ठूलो हुने दावी गरेको छ।