पोखरा, माघ २८ गते । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ओली समुह निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) कास्कीले प्रचण्ड–माधव समुहकी नेतृ रामकुमारी झाँक्रीलाई कारबाहीको माग गरेको छ ।
संघले बुधबार जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिका न्यायिक समितिलाई झाँक्रीलाई यथासिघ्र कानुनी दायरामा ल्याई कारबाही गर्न माग गदै ज्ञापनपत्र बुझाएको हो ।
अनेमसंघ कास्कीका कार्यबाहक अध्यक्ष सुशिला पराजुलीको नेतृत्वमा पुगेको टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र महानगर न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङलाई ज्ञापनपत्र बुझाएको हो ।
प्रतिनिधि सभा विघटन विरुद्ध प्रचण्ड–माधव समुहले हालै गोरखामा आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति अपमानजनक अभिब्यक्ति दिएको र उक्त अभिब्यक्ति खेदजनक रहेको र ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । विरोधको नाममा अपमानजनक र आपत्तिजनक गाली गलोज र उच्छृृंखल गतिविधि तत्काल रोक्न माग गरिएको छ ।
त्यस्तै संघले सुदुरपश्चिम प्रदेशको बैतडी जिल्ला दोगडाकेदार–७ की १७ वषिय किशोरी भागरथी भटटको बलात्कारपछि हत्या गरेको अवस्थामा शव फेला परेको घटनाप्रति संघले गम्भिर ध्यानाकर्षण भएको जनाउदै घटनाको छानविन गरी अपराधको घटनाको निष्पक्ष छानविन गरी दोषि पत्ता लगाई कानुन अनुसार कारबाही गर्न अनेमसंघले जोडदार माग गरेको छ ।
झण्डै साँढे एक किलोमिटर टाढा पर्ने लबलेक सामुदायिक बनको बनमाराको झाडीमा उनको शव फेला परेको घटनमा आफैमा शंकास्पद रहेको छ संघले विज्ञप्तिमा भनेको उल्लेख गरेको छ ।
सबै नागरिकको बाँच्न पाउने अधिकार संरक्षण सरोकारवाला सबैको जिम्मेवारी र दायित्व भएको उल्लेख गदै सरकारले गरेकोप्रतिबद्धतालाई कार्यान्वयन र भयरहीत वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न अनेमसंघले नेपाल सरकारसंग जोडदार माग गरेका छ ।