पोखरा, फागुन १ गते । सफल पोखरा म्याराथन आज हुदै छ । पोखरा रंगशालाबाट सुरु हुने म्याराथनमा २०९ जना धावक दौडने छन् ।
त्यस्तै यस पटक समावेश गरिएको महिला हाफ म्याराथनतर्फ २१ किलोमिटरमा ३० जनाले सहभागीता जनाउने भएका छन् । म्याराथन र हाफमा गरेर कूल २३९ जनाले दौडने आयोजक भुतपूर्व खेलाडी मञ्चले जनाएको छ । म्याराथनमा चार जना विदेशी सहित पाँच देशका धावक दौडने छन् ।
१५ औँ संस्करणसम्म आउदाँ यस पटक धेरैले नाम दर्ता गरेको बताइएको छ । पोखरा म्याराथनको आर्कषण बढेकोले पनि सहभागीको सँख्या ह्वात्तै वढेको अध्यक्ष तेज गुरुङले बताए ।दौड विहान सात बजे रंगशालाबाट सुरु हुने छ ।म्याराथनका विजेताले २ लाख उपविजेताले १ लाख र तेस्रोले ७५ हजार रुपैयाँ, सान्त्वनाले २५ हजार साथमा ट्रफी मेडल, प्रमाण—पत्र प्राप्त गर्नेछन् ।