गण्डकीका खेलाडी पुलिस, आर्मी र एपिएफमा जाने अवस्था हुन दिदैनौ ः मुख्यमन्त्री गुरुङ

पोखरा, फागुन ३ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पछिल्लो दश महिनादेखि सुस्ताएको पोखरालाई खेलगतिविधिले चलाएमान बनाएको बताउनु भएको छ । पोखरामा शनिबार सम्पन्न राष्टिय क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा विजेता पुरुष टिमका खेलाडीलाई बधाई कार्यक्रममा बोल्दै उहाँले हालै पोखरामा भएको बाह्रखरी गल्फले पोखराको पर्यटनमा भुमिका खेलेको बताउदै उहाँले खेलप्रतियोगिता नहुदाँ ठप्प पोखरा रंगशालामा पहिलो टाइगर कप भलिबलले नयाँ उर्जा थपेको बताउनुभयो ।

उहाँले पोखरालाई खेल पर्यटनसंग जोडनुपर्ने उल्लेख गर्नुभयो । पोखरा पर्यटनको मात्रै होइन खेलकुदको पनि शहर हो भन्दै उहाँले खेलकुदलाई आर्थिक समृद्धिसंग जोडनुपर्ने बताउनुभयो । उहाँले गण्डकी प्रदेशलाई खेलकुदमा अब्बल बनाउन यहाँका खेलाडीलाई राम्रो सेवासुविधा दिने योजना प्रदेश सरकारले बनाएको बताउनुभयो ।

गण्डकी प्रदेशका प्रतिभाहरुलाई यही बस्ने वातावरण सृजना गछौ उहाँले भन्नुभयो,‘विभागीय टिमको भन्दा राम्रो सुविधा प्रदान गरेर अन्यत्र जान दिने छैनौँ ।’ उहाँले नवौ राष्टिय खेलकुदका लागि गण्डकी प्रदेशले योजना बनाएर भलिबल, क्रिकेट फुटबल लगायतका खेलका लागि राम्रो टिम निर्माण गछौ । पोखरामा आयोजना हुने गण्डकी प्रदेश मुख्यमन्त्री कप भलिबलबाट पनि राम्रा खेलाडी उत्पादन हुने र त्यहीबाट टिम निर्माण गरिने बताउदै उहाँले खेलाडी संरक्षणमा गछौँ भन्नुभयो । उहाँले गण्डकी प्रदेशका खेलाडीका रगतमा भलिबलछ भन्ने पुष्टि खेलाडीहरुले गरेको बताउनुभयो । ‘गण्डकी प्रदेशका खेलाडी पुलिस, आर्मी र एपिएफमा लैजाने अवस्था हुन दिदैनौ । प्रदेश सरकार भएकाले खेलाडीलाई यही टिकाउने वातावरण सृजना गछौँ ।’

कार्यक्रममा गण्डकी प्रदेशका भलिबल खेलाडीहरुलाई मुख्यमन्त्री गुरुङले खादा लगाएर धन्यबाद ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले अहिलेको गण्डकी प्रदेशको टिम राम्रो भएकाले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । विभागीय टिमले भभ्न्दा बढि सेवा सुविधा दिएर भएपनि यो टिमलाई राख्नुपर्छ भन्नुभयो । कार्यक्रममा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ, भौतिक पूर्वाधारमन्त्री राशरण बस्नेत र आन्तरीक मार्मिलामन्त्री हरिबाहदुर चुमान, राखेप सदस्य राजेकुमार गुरुङ लगायतएको सहभागीत रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...