पोखरामा कोरोना भाइरस (कोभिड–१९) का कारण थप १ जनाको मृत्यू भएको छ । कोरोनाले पछिल्लोपटक पोखरा महानगरपालिका वडा नम्बर १३ का ७१ व्र्षिया महिलाको मृत्यू भएको हो । उनलाई गत माघ २६ गते कोरोना संक्रमण भएको थियो ।
मृतक महिलामा कोभिड–१९ हुनुभन्दा पहिलेदेखि नै निमोनिया, मिर्गौलामा समस्या, डायविटिजलगायतका समस्या रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।बुधबार थप १ जनाको मृत्यू भएसँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यू हुनेको संख्या २०४ पुगेको छ ।