पोखरा, फागुन ६ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेरी समस्या नदोहोरीने गरी भुमिहिन र सुकुम्वासीको समस्या समाधान गर्न आग्रह गर्नुभएको छ । भुमि सम्वन्धी समस्या समाधान आयोगले बिहिबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै फेरी आयोग गठन गर्नु नपर्ने अवस्था नआउने गरी सधैका लागि समास्या समाधान गर्नुपर्छ भन्नुभयो ।
‘सधैका लागि समस्या समाधान हुने गरी काम गर्नुपर्छ मुख्यमन्त्री गुरुङले भन्नुभयो, सरकारले विश्वास गरेर जिम्मेवारी दिएको छ । त्यसलाई गम्भिरतापूर्वक लिएर काम गर्नुस । भेला हुने, चिया खाने मेलो र जागरी खाने बाटो मात्रै नहोस ।’ मुख्यमन्त्री गुरुङले अहिलेसम्म देखिएका अवरोध समाप्त गर्ने गरि आयोग गठन भएको बताउदै आयोगको काम महत्वपूर्ण रहेको बताउनुभयो । सरकारका विरुद्धमा अबसरबादीहरुले गलत हल्ला र प्रचार गरी रहेका छन उहाँले भन्नुभयो, ‘त्यसको जवाफ राम्रो काम गरेर दिनुपर्छ ।’
उहाँले जिम्मेवारी अनुसार काम गरेर सरकारले दिएको जिम्मेवारी पुरा गर्नुपर्छ भन्दै भुमि व्यवस्थापन समस्या समाधान गर्न जटिल रहेपनि टुङग्याउनुपर्ने बताउनुभयो ।‘ तपाईहरुको योग्यता र क्षमता प्रस्तुत गर्नुपर्छ ।यो हेर्दा सानो भएपनि ठूलो काम हो ।’ उहाँले अहिले तीन तहका सरकार बनेको बताउदै भन्नुभयो, त्यत्तिमात्र हैन् यतिबला भुमि ऐन र भू उपयोग नीति बनेकाले विगतमा भन्दा अहिले सहज रहेको बताउनुभयो ।
मुख्यमन्त्री गुरुङले सरकारका विरुद्धमा आफनै पार्टीका पदलोलुपहरुका कारण प्रधानमन्त्री हटाउन खोजेको बताउनुभयो । वर्तमान सरकारले जस्तो सफलता अहिलेसम्मका कुनै सरकारले नि सफलता प्राप्त गर्न सकेका छैनन् उहाँले भन्नुभयो, ‘राष्ट्रियता, भौगोलिक अखण्डताका पक्षमा काम गरेका कारण विदेशीको गुलामी गर्नेहरुले दुई तिहाई प्राप्त प्रधानमन्त्रीलाई हटाउने प्रयासमा लागेका छन् ।’
नेकपाकै पदलोलुप नेताहरुलाई प्रयोग गरेर कम्यूनिष्ट पार्टीलाई कमजोर बनाउन खोएिको उहाँको भनाई थियो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य कृष्ण थापा, भुमि सम्वन्धि समस्या समाधान आयोग कास्कीका अध्यक्ष दामोदर बैरागी लगायतले आफनो विचार राख्नुभएको थियो भने कार्यक्रममा भुमि सम्वन्धि समस्या समाधान आयोगका केन्द्रीय सदस्य भीम काकी र अञ्जन न्यौपानले भुमि समस्या समाधान आयोगको नीतिगत व्यवस्था लगायतका बारेमा सहजीकरण गर्नुभएको थियो ।
यसैवीच भुमि सम्वन्धि समस्या समाधान आयोग कास्कीका अध्यक्ष दामोदर बैरागीले बिहिबारनै पदस्थापन गर्नुभएको छ । जिल्ला समन्वय समिति कास्कीमा रहेको कार्यालयमा बैरागीले पदस्थापन गर्नुभएको हो । त्यस्तै विज्ञ सदस्य शुसिला पराजुली र अर्का सदस्य दानबहादुर बानियाँले पनि पदस्थापन गर्नुभएको छ ।