चितुवाको १ थान छाला सहित पक्राउ

बझाङ, ९ फागुन/बुङ्गल नगरपालिका-८ मसनिसेरा भन्ने स्थानबाट चितुवाको १ थान छाला सहित सोही नगरपालिका दासपाला बस्ने ४० वर्षीय रधुबीर बोहरालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
चितुवाको छाला बोकी हिँडिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङ र ईलाका प्रहरी कार्यालय बुङ्गलबाट खटिएको प्रहरीले उनलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...