अनेरास्ववियू कास्कीको संयोजकमा विजय पौडेल

पोखरा, फागुन १० गते ।नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) ओली समुहको विद्यार्थी संगठन अनेरास्ववियू कास्कीको संयोजकमा विजय पौडेल चयन हुनुभएको छ । अनेरास्ववियू कास्कीको सोमबार सम्पन्न बैठकले पौडेललाई संयोजकको जिम्मेवारी सुम्पको हो । यसअघि पौडेल सहसंयोजक हुनुहुन्थ्यो ।

संयोजक विवेक देवकोटा युवा परिषद् कास्कीको अध्यक्ष भएपछि अनेरास्ववियूको संयोजक छाडेपछि पौडेललाई संयोजक बनाइएको हो । त्यस्तै सहसंयोजकमा सन्तोष पोखरेललाई चयन गरिएको छ । त्यस्तै अनेरास्ववियूको सचिवमा विनय पराजुली चयन हुनुभएको छ ।यस्तै फागुन १५ गते पोखरामा हुने जनसभालाई भब्य बनाउन अनेरास्ववियू जुटेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले सभालाई सम्वोधन गर्नुहुनेछ । सभा पोखराको अमरसिंहचौरमा आयोजना हुने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...