पोखरा, फागुन १७ गते । प्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज पोखरा आउदै हुनुहुन्छ । नेकपा गण्डकी प्रदेशले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय कार्यकता भेलालाई सम्वोधन गर्न ओली पोखरा आउन लाग्नु भएको हो । विहान ११ पोखरा विमानस्थल उत्तने कार्यक्रम रहेको छ ।
उहाँ पोखरा आए लगत्तै प्रधानमन्त्री ओलीको औपचारीक कार्यक्रम सुरु हुने छ । प्रधानमन्त्री ओली विमानस्थलबाट सिधै गण्डकी प्रदेश सरकारले निर्माण गर्ने प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास गर्न प्रदेशसभा स्थल जाने कार्यक्रम छ । त्यहाँबाट १२ बजे पोखरा सभागृहमा आयोजना हुने कार्यकता भेलामा सहभागी हुनुहुने छ । त्यहाँ करिव एक बजेबाट आफनो मन्तब्य राख्नुहुने छ । कार्यकता भेलाबाट उहाँ पोखरा रंगशालामा पुग्ने कार्यतालिका तयार भएको छ । पोखरा विमानस्थल जानुभन्दा पहिला दुईबजेपछि रंगशाला जाने कार्यक्रम रहेको छ । नेकपा भित्र दुई समुहमा विभाजित र प्रतिनिधि सभा पूर्नस्थापनापछि पहिलो पटक ओली पोखरा आउन लाग्नु भएको हो ।
उहाँको पोखरा कार्यक्रमलाई चासोको रुपमा हेरिएकोछ । गण्डकी प्रदेश तत्कालीन नेकपा एमालेको गड हो । यहाँ ओलीको राम्रो पकड रहेको छ । त्यसैले यहाँ पार्टी भित्रको विवादले खासै असर गरेको देखिदैन् । प्रचण्ड माधव समुहले देशका विभिन्न शहरमा आमसभा गरेपनि गण्डकी प्रदेशका जिल्लामा कार्यक्रम गर्ने हिम्मत गरेन् ।