प्रधानमन्त्री ओली पोखरा रंगशाला जाने

पोखरा, फागुन १७ गते । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा रंगशाला जानुहुने भएको छ । गण्डकी प्रदेशस्तरीय कार्यकता भेलालाई सम्वोधन गर्न पोखरा आउने ओलीले पोखरा रंगशालाको अवलोकन गर्ने कार्यक्रम तय भएको छ । ओली राष्ट्रिय खेलकुद परिषदका संरक्षक समेत रहनु भएको छ । प्रधानमन्त्री ओलीलाई रंगशाला निरिक्षणका लागि लैजाने तयारी राष्टिय खेलकुद परिषदले गरेको हो ।

पोखरा रगंशालामा भैरहेको पूर्वाधार निर्माणको जानकारी र नवौ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने उद्देश्यले रंगशाला लैजाने तयारी गरिएको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाले जानकारी दिनुभयो । प्रधानमन्त्रीलाई ल्याउने मुख्य उद्देश्यले रंगशालामा पौडि पोखरी, सुटिङ रेन्ज बनाउने र फुटबल मैदानको बाँकी कार्यलाई पूर्णताका लागि आवश्यक बजेट व्यवस्थाका लागि रंगशालामा स्वागत गर्न लागिको बताउनुभयो ।

 

दुई बजेपछि प्रधानमन्त्री ज्यू रंगशाला आउने तालिका बनेको छ सदस्यसचिव सिलवालले भन्नुभयो । प्रधानमन्त्रीलाई रंगशालामा भब्य स्वागत गर्ने तयारी गरिएको छ । आइतबार साँझ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राखेप सदस्यसचिव रमेशकुमार सिलवाल, कास्कीका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका प्रमुख लगायत सुरक्षा निकायका प्रमुखहरुले रंगशालामा आवश्यक सुरक्षा व्यवस्था बारे जानकारी लिनुभयो । पोखरा रंगशालामा सरसफाई सहित स्वागतद्धार निर्माण लगायतका काम सम्पन्न भएको राखेप सदस्य राजेश गुरुङले जानकारी दिनुभयो । ओली पार्टीको प्रमुख पद र प्रधामन्त्री बनेपछि पहिलो पटक पोखरा रंगशालामा जान लाग्नुभएको हो । प्रधानमन्त्रीज्यूले विशेष महत्व दिंदै पोखरा रंगशाला आउँदै हुनुहुन्छ, उहाँले खेलकूदलाई दिनुभएको मार्गदर्शनले पनि हामीलाई काम गर्न हौसला प्राप्त भएको परिषद् सदस्य राजेश गुरुङले भन्नुभयो ।
पोखरा रंगशालामा सबै खेलाडीहरुले आ–आफ्नो खेल पोशाक सहित उपस्थित भएर स्वागत गर्ने छन् । पोखरा रंगशालाको अवलोकनले नवौं राष्ट्रिय खेलकूद तयारी तथा पोखरा रंगशालामा रोकिएका निर्माणका कामहरुले तिव्रता पाउने अपेक्षा गरिएको छ । पोखराको खेलकूद बिकासका लागि प्रधानमन्त्रीको भ्रमणले पोखरेली खेलप्रेमीहरुलाई उत्साहित बनाएको राखेप सदस्य गुरुङले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...