पोखरा महानगरले“लैङ्गिक समानताको निम्ति महिला र पुरुषको भुमिका” विषयक बक्तृत्वकला प्रतियोगिता गर्ने

पोखरा, फागुन २० गते ।पोखरा महानगरपालिकाले“लैङ्गिक समानताको निम्ति महिला र पुरुषको भुमिका” शीर्षकमा बक्तृत्वकता प्रतियोगिता आयोजना गर्ने भएको छ । अन्तराष्ट्रिय महिला दिवसको सन्र्दभमा फागुन २४ गते प्रतियोगता आयोजना गर्न लागेको पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो ।


बक्तृत्वकला प्रतियोगितामा पोखरा महानगरका ३३ वडाबाट दुई जनाले सहभागीता जनाउन पाउने छन् ।प्रतियोगितामा अवसर प्राप्त नगरेका गृहणी महिलाहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको महानगरले जनाएको छ । सहभागी हुनका लागि महानगर सामाजिक विकास महाशाखाले सहभागी छनौट गर्ने सात वटा आधार र मापदण्ड तयार गरेको छ ।

४० वर्ष माथिको महिला हुनुपर्ने, विशुद्ध रुपमा गृहणीको रुपमा रहेको हुनुपर्ने र समुह, समिति, संघसस्थाहरुमा प्रमुख भुमिकामा रहेको महिलालाई छनौट गर्न नमिल्ने उल्लेख गरिएको छ । प्रतियोगिता एकजनालाई प्रतिस्पर्धीको लागि सात मिनेटको समय प्रदान गरिने मापदण्डमा उल्लेख गरिएको छ ।

प्रतियोगितामा प्रथमले १५ हजार, द्धितियले १० हजार, तृतिय ८ हजार र सान्त्वनालाई ५ हजार रुपैयाँ प्रदान गरिने भएको छ । बुधबार सम्म प्रतियोगितामा सहभागी हुन २५ जनाले नाम दर्ता गरेको सामाजिक विकास महाशाखाका महिला विकास अधिकृत विष्णु माया पौडेलले जानकारी दिनुभयो । प्रतियोगिता सहभागीमा हुन इच्छु ब्यक्तिले वडा कार्यालय मार्फत नाम दर्ता गर्नसक्ने बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...