पोखरा, फागुन २२ गते । गैह्राको चौतारामा पानीको सतह घटेसँगै फेवाताल पुर्ने गधिविधि भइरहेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सौन्दर्यकरणका नाममा जानाजान फेवातालको झण्डै २५ सय वर्ग फिट भूभाग मिच्नु भनेको फेवाताल माथिको अपराध मात्र नभई सम्मानित सर्वोच्च अदालतको मानहानी समेत हो भन्ने हाम्रो ठम्याइ छ ।
संसारकै १३ औं सुन्दरताको सूचीमा पर्न सफल फेवातालमाथि भएको गम्भीर गल्तीलाई समयमै सच्चाइ तालविरोधी उक्त कार्य तत्कालै खारेज गरी पुरिएको तालको भूभागबाट ढुंगामाटो लगायत सम्पूर्ण वस्तु उठाउन सम्बन्धित पक्षसँग आग्रह गर्दै आवश्यक छानबिन गरी तालमाथि प्रतिकूल असर पार्ने गतिविधिमा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्न जोडदार माग गर्दछौं ।
–रामबहादुर पौडेल, रत्न मन्दिर फेवाताल सरोकार समिति
–इन्द्रकमल मानन्धर, नागरिक समाज कास्की
–वरिष्ठ अधिवक्ता तिलक पराजुली, सिटिजन्स जुरी कास्की
–विष्णुहरि अधिकारी, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति, नेपाल
–शशि तुलाचन, संरक्षणकर्मी