चार छोराछोरीसहित आमाले कर्णालीमा हाम्फालिन्,२ छोरीको शव भेटियो

सुर्खेत । दैलेखको आठबीस नगरपालिका वडा वडा नम्बर ३ निमायलकी एक महिलाले चार छोराछोरी सहित कर्णाली नदीमा हाम्फालेर आत्महत्या गरेकी छन् ।आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् ।नदीमा फाल हालेकामध्ये दुईजना छोरीको शव अछाममा भेटिएको छ

आमा सुकी, १० वर्षीय ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवालको शव भने भेटिएको छैन । उनीहरुको कर्णाली नदीमै खोजी भैरहेको प्रहरीले जनाएको छ ।

दुई छोरीको शव सोमबार साँझ भेटिए पनि अन्य तीनजना वेपत्ता छन् ।श्रीमान मानबहादुर बडुवाललाई बजारमा लिन गएकी सुकी बडुवाल आइतबार राती नै घरबाट छोराछोरीसहित निस्किएकी थिइन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...