ओलीलाई निष्काशनको घोषणा गर्ने ‘अपराधीहरू’को मुहार झलझली भइरहेको छ – सूर्य थापा

काठमाडौँ- सर्वोच्च अदालतको फैसलासँगै साविकको नेकपा एमाले र माओवादी केन्द्रको अवस्थामा पुगेपछि ओली पक्षीय नेताहरू बलियो भएका छन् ।

नेकपा एमालेभित्र स्पष्ट बहुमत रहेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले अल्पमतमा रहेको माधव नेपाल समूहलाई मिलाएर लाने बताए पनि कतिपय नेताहरूले तिखो टिप्पणी गर्न थालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीलाई पार्टी सदस्य नरहने गरी निष्कासन गर्नेहरुको सम्झना भइरहेको भन्दै तत्कालिन नेकपाको दाहाल–नेपाल पक्षका नेताहरुप्रति व्यंग्य गरेका छन् ।

मंगलवार बिहानै फेसबुकमा स्ट्याटस लेख्दै थापाले ओलीलाई निष्काशनको घोषणा गर्नेहरूलाई ‘अपराधी’ को संज्ञा दिएका छन् ।

‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निश्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ,’ थापाले फेसबुकमा लेखेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...