पोखरा, फागुन २५ गते । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि गण्की प्रदेश कार्यालयमा एमालेको बोर्ड राखिएको छ । पोखराका नयाँ बजारमा रहेको तत्कानिल एमालेको कार्यालयमै नेकपाको बोर्ड राखिएको थियो । मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।
धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो ।
एमाले ब्यूँतिएपछि एमालेका कार्यालयहरुमा नेकपाको बोर्ड हटाएर एमालेको बोड राखिएको हो यसलगत्तै देशका विभिन्न जिल्लामा एमालेको बोर्ड राख्न थालिएको थियो ।