आज पोखरा महानगरको स्थापना दिवस, प्रभातफेरी, कार्यालय बन्द  

पोखरा, फागुन २६ गते । आज पोखरा महागनरपालिको पाँचौ स्थापना दिवस । स्थापना दिवसमा महानगरले विभिन्न कार्यक्रम गरी मनाउदै छ । स्थापना दिवसको अवसरमा प्रभातफेरी सहित विभिन्न ब्यक्तिलाई सम्मान र पुरस्कृत गर्ने भएको छ । पोखरा महानगरबाट सुरु हुने प्रभावतफेरी पोखरा सभागृहमा पुगेर औपचारीक कार्यक्रममा परिणत हुने छ ।

औपचारी कार्यक्रममा महानगरले आयोजना गरेको भलिबल, फुटबल र ब्याडमिन्टका विजयी कर्मचारी र १११ औ महिला दिवसको अवसरमा आयोजना गरीएको महानगरस्तरीय बक्तृत्वकला प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण  गरिने महानगरले जनाएको छ ।

 

यसैवीच पोखरा महानगरपालिकाले आज  सार्वजनीक विदा समेत दिएको छ ।  महानगरपालिका मातहतका कार्यालयहरु आज  बन्द रहने सुचना जारी गरेको छ ।फागुन १९ गते बसेको कार्यापालिका बैठकको निर्णय अनुसार आज कार्यालयहरु बन्द रहने भएका हुन् । पोखरा उपमहागनरपालिकाबाट महानगरपालिका घोषणा भएको पाँच वर्ष पुरा भएको छ । २०७३ साल फागुन २७ गते महानगर घोषणा भएको थियो । फागुन २७ गते शिवरात्री परेकाले विदा रहेको छ ।

 

२७ गते शिवरात्रीको  विदा भएका कारण  महानगरले २६ गते दिवस मनाउन लागेको हो ।महागनरले स्थापना दिवस त्रिदवसीय कार्यक्रम आयोजना गरेको छ । सोमबार जनप्रतिनिधिर कर्मचारीवीच फुटबल प्रतियोगिता आयोजना गरेको थियो भने मंगलबार महिला जनप्रतिनिधि र कर्मचारीवीच भलिबल र ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...