काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो फेरि सभापति बन्ने उद्देश्य रहेको बताएका छन् । बुधबार आदिवासी जनजाति कांग्रेसका नेताहरूसँगको भेटमा उनले सो कुरा बताएका हुन् । उनले आफु फेरि पनि कांग्रेसको सभापति बन्न आन्तरिक छलफलमा जुटेको बताए।
आफुलाई देशको प्रधानमन्त्री भन्दा पनि आफ्नै पार्टीको सभापति बन्न मन लागेको बताउदै उनले भने,‘मलाई प्रधानमन्त्री पदसँग मतलब छैन् । बरु, फेरि सभापति बन्ने मेरो उद्देश्य छ ।’
सर्वोच्च अदालतले ओली–प्रचण्ड नेतृत्वको नेकपालाई खारेज गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्यूँताएपछि अहिले दुवै पार्टी अलग भएका छन् ।
माओवादी केन्द्रले भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने तयारीमा जुटेको छ । मंगलबार प्रचण्डले देउवासँग सत्ता सहकार्यको लागि भेटवार्ता गरेका थिए ।