काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली प्रवृतिविरुद्ध जानी जानी प्रहार गरेको बताएका छन् ।
नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलामा बोल्दै प्रचण्डले अहिले पनि शान्तिपूर्ण जनयुद्ध नै भैरहेको बताए । सांसद पुन: स्थापनाको लडाई जितेपनि अझै लडाई जारी रहेको बताए ।
प्रचण्डले नयाँ साथीहरुसंग जोडिएर जादा पुराना साथीहरु छुटेको महसुस भएको र आफुहरु अलिकति कम्जोर भएको जस्तो देखिएको बताए । प्रचण्डले अब काठमाडौँमा भन्दा बाहिरको अभियानमा लाग्ने योजना बनाएको बताए ।
अहिले युद्ध गर्ने अवस्था नभएपनि शान्तिपूर्ण अभियान चलाएर जनतासँग जोडिने काम गर्ने बताए ।
उनले कोर्स करेक्सन गर्दै फेरी प्रतिक्रियावादीहरुसँग लड्ने बताए । अहिले उमेर भैसक्यो छोड्न प्रयो भन्नेहरु पनि रहेको भन्दै प्रचण्डले आफुले अहिले नै नछोड्ने भन्दै आफुले फेरी एउटा क्रान्ति गर्ने बताए ।
उनले भने, ‘जनयुद्ध शुरु गर्दा म् ४२ बर्षको थिए, अहिले म् ६७ बर्षको भए, उमेरले कति दिन्छ कतिपयले भन्छन्, उमेर भएकाले छोडदिन पर्यो भन्छन्, म् छोड्ने वाला छैन, माओसेत्वुङले ७२ बर्षमा सांस्कृति क्रान्ति गरेका थिए, म एक पटक फेरी क्रान्तिमा अगाडी जानेमा छु, मैले छोड्ने वालामा छैन । म लड्ने वाला मै छु । एउटा ब्याटल लडेपनि र जित्यौ पनि र अन्य दुइ चार वटा ब्याटल जित्नुपनि छ ।’