पोखराका सडक टिकाउन अस्फाल्ट पीच धमाधम

पोखरा, फागुन २८ गते । बर्खामा आउने भलबाढिले सडक भत्कने र सडकमा पार्ने खाल्टाका कारण पोखरा महानगरपालिकाले धेरै आलोचना खेप्नु परेको छ । विहान खाल्टा पु¥यो । बेलुका पानीले बगाउने अवस्थाको अन्त्यका लागि महानगरले अस्फाल्ट् पिच गर्न सुरु गर्यो ।

बर्खामा हुने खाल्टाखुल्टीले महानगरका नेतृत्वकताप्रति व्यापक आलोचना हुदै आएको छ । पोखरामा मुख्य सडकहरुमा अव खाल्टाखुल्टी नपर्ने र नागरिकले भोग्नुपर्ने सास्तीको अन्त्यका लागि पोखरा महानगरले नयाँ प्रविधिको प्रयोग गदै सडक टिकाउ र बलियो बनाउने योजना अनुसार अमेरिकी प्रविधिको अस्फाल्ट पीच गरिरहेको छ ।

पोखराका मुख्य सडकहरु महंगो प्रविधिबाट पिच गरेर टिकाउ बनाउनेतर्फ महानगर जुटेको हो । पोखराका मुख्य र व्यस्त रहने सडकको बनावट र प्रविधि नै फेरेर भएपनि टिकाउन बनाउने तर्फ लागेका छौ महानगरका प्रमुख मानबहादुर जिसीले भन्नुभयो ।अस्फाल्ट प्रविधि बलियो, टिकाउ र महंगो मानिन्छ । यो अमेरिकी प्रविधि हो र पोखराजस्तो बढी पानी परिरहने ठाउँमा यो पिच उपयुक्त हुन्छमहागनरले सिद्धार्थचोक हुदै पोखराका चिप्लेढुङगादेखि सभागृहचोक, पृथ्वीचोक देखि राष्ट्रबैक चोक, राष्ट्रबैकदेखि मुस्ताङचोक, राष्ट्रबैचोक देखि लेकसाइड हुदै जिरो किलोमिटरसम्म अस्फाल्ट वीच गरिएको छ ।

त्यस्तै महेन्द्रपुलदेखि बगर हुँदै दीपसम्म र महेन्द्रपुल, रानीपौवा हुँदै अमरसिंह चोकसम्मको सडक बढी टिकाउ राख्ने गरी अस्फाल्ट प्रविधिबाट वीच गरेको छ । अहिले अमरसिहंचोक देखि महेन्द्र गुफा सम्म अस्फाल्ट पीचको काम भैरहेको छ।

 

पछिल्लो समय सडक निर्माणमा धेरै सुनिएको र धेरै प्रयोग नभएको प्रविधि हो, अस्फाल्ट कंक्रिट प्रविधि । पोखरामा जिरो किलोमिटरदेखि विन्ध्यवासिनीसम्म यो प्रविधिबाट बनेको सडक हो । यो प्रविधिबाट मुख्य २ तरिकाबाट सडक पिच हुन्छ । सडकमा भएको कालोपत्रे पूरै निकालेर नयाँ हाल्ने र रसायनहरु थपि अझ बलियो बनाउने गरी भइरहेको कालोपत्रेमाथि पुनः कालोपत्रे गर्ने । यी दुबै तरिका अब पोखरामा प्रयोग गरिने छ ।

यो अमेरिकी प्रविधि हो । महंगो भएकाले भारतमा पनि बल्ल अहिले बढी अस्फाल्ट सडक बनाउन थालिएको हो । अस्फाल्ट गरिएको सडक बढी टिकाउ मानिन्छ । यो प्रविधिबाट सडक बनाउँदा सतह मिलाउनुपर्छ ।दैनिक ३ सयभन्दा बढी गाडी गुड्ने ठाउँमा अस्फाल्ट गर्न संघीय भौतिक पूर्वाधार मन्त्रालयले भनेको छ । अस्फाल्ट प्रविधिबाट बनेको सडक ८ देखि १० वर्षसम्म टिक्छ । यो प्रविधिमा कालोपत्रे ४ सेन्टिमिटरभन्दा बढी हुन्छ । ५ सेन्टिमिटर मोटाइको अस्फाल्ट हुने पोखरा महानगरका इन्जिनियर राजु रेग्मीले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...