केपी ओलीलाई ठेगान लगाउन आए खुटटामा ठेस लाग्छ : प्रधानमन्त्री ओली

पोखरा, फागुन २९ गते ।नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सवैलाई सच्चिएर पार्टीमा आउन सवैलाई आग्रह गर्नुभएको छ । अखिल नेपाल महिला संघको काठमाडौमा आयोजित भेलालाई सम्वोधन गदै अध्यक्ष ओलीले सवै आग्रह पूर्वाग्रह त्यागेर बलियो पार्टी बनाउने उद्देश्य बोकेर आउन आग्रह गर्नुभयो ।

उहाँले पार्टीमा फर्किदा केपी ओलीलाई ठेगान लगाउछौ भनेर आउनुभयो भने आफनै खुटटामा ठेस लाग्छ । याद गर्नुहोस भन्नुभयो । उहाँले पार्टीमा कसैलाई भेदभाव नहुने समेत बताउनुभयो । उहाँले नेपाल शान्ति क्षेत्र बनेको बताउनुभयो । युद्धको अन्त्य भएको बताउदै बिखण्डनबाद गत वर्ष अन्त्य भयो । हत्या र हिंसाको बाटोमा हिडेकाहरु शान्तिको बाटोमा आएका छन र नेपाल शान्ति क्षेत्र बनेको प्रधानमन्त्री ओलीले भन्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...