लहान,चैत १ गते । केही दिन अघि मात्रै भुमिगत रहेको नेत्रविक्रम चन्द(विप्लप) समुह सरकारसंग तीन बुँदे सहमती गदै शान्तिपूर्ण राजनीतिको मुलधारमा आएको छ । उसले हिंसात्मक आन्दोलन त्यागेर शान्तिपूर्ण आन्दोलन मार्फत आफना माग पुरा गराउदै खुल्ला राजनीति मार्फत आफना कार्यक्रम अगाडी बढाउने बताएको थियो । योसंगै नेपाल शान्तियूगमा प्रवेश गरेकोमा सवैले स्वागत गरेका थिए ।
अव नेपालमा हिंसा राजनीति अन्त्य भएको घोषणा प्रधानमन्त्री ओलीले गर्नुभएको थियो । तर आज अचानक लाहानमा बम विस्फोट भएको छ । लाहानस्थित मालपोत कार्यालय लहान शाखामा आइतबार दिनको एक बजे बम विस्फोट हुँदा आधा दर्जन घाइते भएका छन् । विष्फोटमा परेर घाइते हुनेको संख्या ८ पुगेको छ ।अपराह्न बम विस्फोट हुँदा एक कर्मचारीसहित आठ जना घाइते भएका हुन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
सधैं झै भीड हुने मालपोत कार्यालय लाहानमा आइतबार पनि ग्राहकहरुको भीड रहेको मालपोत कार्यालयमा लाहान बजारको कागजातहरु रहेको कोठामा एक बजेतिर एक्कासि विस्फोट हुँदा आधा दर्जनको संख्यामा सेवाग्राहीहरु घाइते भएका हुन ।
इलाका प्रहरी कार्यालय लाहानका नायव उपरीक्षक डा। तपन दाहालका अनुसार सेवाग्राहीहरुको चाप रहेको समयमा भएको कुकर बम विस्फोटले घाइते भएकाहरुको उपचार लाहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा भइरहेको छ भने गम्भीर अवस्थामा रहेको घाइतेलाई बाहिर लैजाने तयारी भइरहेको छ ।
घटनास्थल मालपोत कार्यालयमा लहान नगरपालिकाबाट गएका बारुण यन्त्रले आगो निभएको थियो । घट्ना तराइ जनतान्त्रि मुक्ति मोर्चा जय कृष्ण गौइतको समूहले गराएको पर्चा घटना स्थलमा भेटिएको इलाका प्रहरी लाहानले जनाएको छ ।
घाइतेहरु सबै सेवाग्राही नै भए पनि कसैको पनि ठेगान खुल्न सकेको छैन । घट्नाबारे थप अनुसन्धान र घटनामा संलग्नहरुको पहिचानको लागि प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको नायब उपरीक्षक दाहालले जानकारी दिनुभयो ।