केपी ओलीविरुद्ध आज वामदेव गौतमको बैठक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको ‘एकलौटी’ निर्णयविरुद्ध आज यस पार्टीका उपाध्यक्ष वामदेव गौतमले आज (मंगलबार) आफू संयोजक रहेको ‘नेपाल कम्युनिस्ट एकता राष्ट्रिय अभियान’को बैठक राख्दै छन्।

उनका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार बिहान बैठक ११ बजे बल्खुमा बस्नेछ। बैठक अभियानको कार्य सम्पादन समितिको बस्न लागेको हो। जसमा संयोजकसमेत ५१ सदस्य छन्।

‘वर्तमान राजनीतिक परिस्थितिमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा आज छलफल हुनेछ,’ मंगलबार बिहान नेपालखबरसँग उनले भने।

यही फागुन २८ गते आफूपक्षीय केन्द्रीय सदस्यको बैठक राखेर अध्यक्ष ओलीले एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद हटाउने निर्णय गरेपछि नेता गौतमको उपाध्यक्ष पद पनि स्वतः खारेज भएको छ।

त्यसलगत्तै वक्तव्य जारी गरी गौतमले अबदेखि अध्यक्ष ओलीसँग मिलेर जाने सबै सम्भावना समाप्त भएको घोषणा गरेका थिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...