पोखरा, चैत ४ गते । नेपाल रेस्लिङ संघको आयोजनामा सर्वाधिक नगद पुरस्कारको रेस्लिङ (आरडब्लु) च्याम्पियनशिप पोखरामा हुने भएको छ ।
पर्यटकिय नगरि पोखरा रंगशालाको कभर्डहलमा चैत्र २० र २१ प्रतियोगिता हुने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
प्रतियोगितामा नेपालका ३५ जना रेसलरले प्रतिस्पर्धा गर्ने छन् । नेपाल रिङ रेस्लिङ संघका महासचिव एवं प्रतियोगिता संयोजक सुवर्ण श्रेष्ठले च्याम्पियन रेस्लरले सर्वाधिक १ लाख नगद र आर्कषक बेल्ड तथा दोश्रोले नगद ५० हजार प्राप्त गर्ने बताउनुभयो ।
सदस्य श्रेष्ठल यो हाल सम्मकै सर्वाधिक नगद पुरस्कार राशिको रहेको र यसले खेलाडीको मनोबल पनि उच्च बनाउन मद्दत गर्ने बताउनुभयो । आरडब्लु च्याम्पियनशिप (रिङ रेस्लिङ) लाई लक्ष्य गरेर खेलाडीहरु पनि लैनचौर हनुमान चोकस्थित रिङ रेस्लिङ डोजोमा तालिम गरिरहेका छन् ।
आरडब्लु च्याम्पियनशिपमा नुवाकोटे टाईगर, डेविड, युव, चटटन, दिलसा, डेनिका, पल, थागुलगायतको २० जना खेलाडी रिङ रेस्लिङ डोजोमा हाल प्रशिक्षणमा जुटेका छन् । प्रतियोगिताको निर्णायकको भूमिकामा मुख्य निर्णायक प्रदिप पाण्डे सहायक निर्णायकहरु शिसम मनी र विकास श्रेष्ठ लगायत रहने छन् ।
प्रतियोगिता सम्पन्न गर्न २९ लाख खर्च हुने अनुमान आयोजकको छ । रिङ रेस्लिङ खेलको विकास तथा विस्तारका लागि खेलाडी उत्पादनसंगै निरन्तर रुप्मा तालिमको व्यवपस्थापन गर्न रिङ रेस्लिङ एकेडेमीको स्थापना समेत गरेको श्रेष्ठले बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले रेस्लिङ प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको बताउनुभयो । यस्ता प्रतियोगिताले पोखरालाई खेलकुदको हब बनाउन भुमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले रेस्लिङ प्रतियोगिता सफल बनाउन सवैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।