पोखरा, चैत ४ गते ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विपद् जुनसकै बेला आउन सक्ने भएकाले पूर्वतयारी गर्नुपर्ने बताउनु भयो ।विपद् उद्धारकर्मीहरुको क्षमता विकास तालिम तथा उद्धार अभ्यास कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘विपद् बाजा बजाएर नआउने र विपद् जुनसुकै बेला पनि आउन सक्छ । विपद्बाट हुने क्षर्ती न्यूनियकरण गर्नुपर्छ । त्यसका लागि स्रोत र साधनयुक्त हुनुपर्छ ।’
उहाँले जनशक्ति स्रोत साधन भए विपद्मा हुने जनधनको क्षती न्यूनिकरण गर्न सकिने बताउनुभयो । उहाँले २०७२ सालको भुकम्पबाट धेरै कुरा सिकेको बताउदै भन्नुभयो, हामी धेरै पछाडी छौ भन्ने कुरा भुकम्पबाट पाठ सिकायो । स्रोतसाधनको अभाव छ । मानवीय जनशक्ति भएपनि स्रोत र साधनको अभावमा विपद् व्यवस्थापनबा क्षती न्यूनिकरण गर्न सकेनौ ।
उहाँले विपदलाई रोक्न नसकेपनि त्यसबाट हुने मानवीय क्षती कम गर्न सकिने बताउनुभयो । उहाँले अन्नपूर्ण आधार शिविरमा ११ जना पुरिदाँ उद्धार गर्न नसकेको स्मरण गदै भन्नुभयो, ‘हिउमा पुरिएकालाई हिउ नपग्लिएसम्म हामीले निकाल्न सकेनौ त्यसैले प्रदेशमा रहेका विपद् उद्धारका संयन्त्रलाई स्रोत र साधन युक्त बनाउनुपर्छ ।’अन्तरीक मार्मिता मन्त्री हरिबहादुर चुमानले विपद् व्यवस्थापनका लागि स्रोध, साधनको खाँचे रहेको बताउदै विपद्बाट हुने क्षती न्यूनिकरणका लागि सबैले आआफनो क्षेत्रबाट भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।