नेपालका प्रतिष्ठित २३५ जना व्यवसायी एमालेमा प्रवेश

पोखरा, चैत ६ गते । वीरगञ्जका मेयर विजय सराबगीका भाई सहित २३५ जना ब्यवसायी नेकपा एमालेमा प्रवेश गरेका छन् । मेयर सरावगीका भाई अजय सरावगी सहित व्यवसायीले  काठमाडौमा आयोजित भएका कार्यक्रममा व्यवसायीहरु एमाले पार्टीमा प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री ओलीले  र उप्रधानमन्त्री ईश्वर पोखरेलले व्यवसायीहरुलाई अविर र खादा लगाएर एमाले प्रवेश गराउनु भएको  छ। नेपालका प्रतिष्ठित उद्योगपतिहरु पहिलो पटक पार्टी प्रवेश गरेका हुन् ।मदन मित्तल,अजय सरावगी, ओम प्रकाश बंशल, नरेन्द्र गुप्ता, जुगल किशोर धनावत लगायत २३५ जना व्यवसायी एमाल प्रवेश गरेका हुन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने खालका उद्योग स्थापना गर्न उद्योगी-व्यवसायलाई आह्वान गरेका छन् ।यसका लागि सरकारका तर्फबाट सबै सहुलियत र कानूनी प्रवन्ध सरकारले गर्ने उनले आश्वासन दिए । उद्योगी व्यवसायीसँग आज आयोजित अन्तरक्रियामा प्रधानमन्त्री ओलीले भने, ‘म आयात गर्ने कुरालाई म खास व्यापार ठान्दिनँ । निर्यात खास व्यापार हो । उत्पादन गरेर पठाउनुस, सरकारले बढिभन्दा बढि सुविधा दिन तयार छ ।’

 

अटोमोबाइल्समा कर बढि भएको विषयमा व्यवसायीले गरेको गुनासो उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशभित्रै अटोमोबाइल्स उद्योग स्थापनाका लागि अघि बढ्न आग्रह गरे ।ओलीले भने, ‘अटोमोबाइल्स यहीँ खोल्नुस, सोचेको भन्दा बढि सुविधा दिइन्छ । अहिले हामीलाई विदेशबाट सबै चिज आयात गर्दा घाटा परेको छ ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...