काठमाडौं, चैत ७ गते । नेकपा एमालेको केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बोलाइएको छ । बैठकमा सहभागी हुन देशभरबाट केन्द्रीय सदस्यहरु काठमाडौ पुगेका छन । आज बस्न केन्द्रीय कमिटि बैठकलाई महत्वकासाथ हेरिएको छ ।
सर्वोच्चले नेकपा एमाले पूनस्थापना गरेपछि पहिलो पटक पूर्ण केन्द्रीय कमिटि बैठक बस्न लागेको हो । यता एमालेको माधव नेपाल पक्षले केन्द्रीय कमिटी र संसदीय दलका दुवै बैठक बहिस्कार गर्ने भएको छ । शुक्रबार बानेश्वरमा बसेको माधव नेपाल पक्षीय स्थायी कमिटीको बैठकले दुवै बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।
बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिए सहभागिताको बारेमा विचार गर्न सकिने नेपाल पक्षको निष्कर्ष छ।त्यस्तै, आजै बस्ने केन्द्रीय कमिटी बैठकमा पनि भाग नलिने निर्णयमा नेपाल पक्ष यथावत छ । अध्यक्ष केपी शर्मा ओलीले शनिबारको बैठकमा सहभागी हुन सार्वजनिक रूपमा समेत आह्वान गरेका छन ।
तर, नेपाल पक्षले भनेको छ केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले आजका लागि भनिएको बैठकमा सहभागी हुदैनौ ।संस्थापन पक्षले भने पार्टीका आधिकारिक बैठकमा भाग नलिने सांसदहरूमाथि कारवाही गरिने चेतावनी दिएको छ ।