पोखरा, चैत ७ गते । नेकपा एमाले संसदीय दलको विधान पारित भएको छ । शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले संसदीय दलको बिधान (२०७२) लाई महत्वपूर्ण सुझाव सहित पारित गरेको छ ।
त्यस्तै आजै बस्ने पार्टीको केन्द्रीय कमिटीको बाह्रौं पूर्ण बैठकले बिधानलाई अनुमोदन गर्ने भएको छ । पार्टी केन्द्रीय कमिटीको बैठकले अनुमोदन गरेपछि उक्त बिधान आजैबाट लागू हुनेछ।