मन्त्रिपरिषद्को निर्णय : होटल उद्योगलाई लकडाउन अवधिको विद्युत् शुल्कमा शतप्रतिशत छुट

काठमाडाैं- सरकारले कोरोना महामारीबाट प्रभावित होटल तथा रेस्टुरेन्ट उद्योगले तिर्नुपर्ने लकडाउन अवधिको विद्युत् शुल्क शतप्रतिशत मिनाह गर्ने भएको छ। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

यद्यपि, होटल उद्योगको रुपमा सञ्‍चालन भएका उद्योगमध्ये नियमित नवीकरण गरी कर विवरण पेस गरेका होटल तथा रेस्टुरेन्टलाई मात्र यो सुविधा दिइने सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए।

उनका अनुसार सरकारले कोभिड संक्रण जोखिम न्यूनीकरण गर्न बन्दाबन्दी घोषणा गरेको मिति २०७६ चैत ९ गतेदेखि २०७७ भाद्र मसान्तसम्म होटल उद्योगले भुक्त्तानी गर्नुपर्ने विद्युतको मागको शुल्क शतप्रतिशत मिनाह गरिनेछ।

त्यसैगरी असोज १ गतेदेखि माघ मसान्तसम्मको विद्युत् शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको प्रवक्ता गुरुङले बताए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...