माधव नेपाल पक्षका तीन विद्यार्थी निष्कासित

काठमाडौं। नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले संगठनका निवर्तमान सचिवहरु सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ।

अनेरास्ववियूका अध्यक्ष ऐन महरले साधारण सदस्यसमेत नरहने गरी आरती लामा, सुदेश पराजुली र वसिम आलमलाई मंगलबार कारवाही गरेका हुन्। महर एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षका हुन्।

केही दिनअघि माधव नेपाल पक्षीय अनेरास्ववियूको भेलाले पराजुलीलाई अध्यक्ष, आलमलाई सह-अध्यक्ष र लामालाई महासचिव चयन गरेको थियो। समानान्तर गतिविधि गरेको भन्दै महरले चैत १५ गते र चैत २२ गते दुईपटक स्पष्टीकरण सोधेका थिए।

उनीहरूलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको र पछिल्लोपटक २४ घण्टे स्पष्टीकरण सोधे पनि जवाफ नदिएकोले कारवाही गरेको महरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...