पोखरामा ट्होटें पर्व सांकेतिक रुपमा मनाइने

पोखरा, चैत्र ३० गते ।तमुहरुको परम्परागत साँस्कृतिक पर्व ट्होटें यस पटक पनि सांकेतिक रुपमा मात्र मनाउने भएको छ। तमु धिं नेपालले चैत्र र साउनको अन्तिम मंगलवार सामुहिक रुपमा झाँकी, बाजागाजासहित बृहत रुपमा मनाउने ट्होटें पर्व कोरोना संक्रमणका कारण यस पटक चैत्र ३१ गते पनि तमु धिंमा सांकेतिक रुपमा मनाउने भएको हो।

कोरोनाको संक्रमणका कारण गतवर्षको चैत्र र साउन महिनाको ट्होटें पनि सांकेतिक रुपमा मात्रै मनाएको पोखरेली तमुहरुले यस पटक बृहत रुपमा मनाउन पाइने आशामा भए पनि फेरि पनि नेपालमा कोरोनाको संक्रमण बृद्धि हुदै गएकाले तमु धिंले बृहत रुपमा नमनाउने भएको हो। जिल्ला प्रसासन कार्यालयको सुचनासँगै कोरोना संक्रमणबाट सर्तकताका लागि तमु धिंमा सांकेतिक रुपमा मनाउने निर्णय गरिएको तमु धिं नेपालले जनाएको छ।

कोरोनाको संक्रमण फेरि पनि बढ्दै गएकाले नेपाल सरकारले विद्यालयहरु बन्द गर्ने तयारीमा जुटिरहेको बेला हजारौं जुलुस र भेला भई ट्होटें मनाउदा संक्रमण बढ्न सक्ने भएकाले जिल्ला प्रसासनको आग्रहलाई समेत सम्मान गर्दै समिति संख्यामा, स्वास्थ्य सकर्तकता, भौतिक दुरी कायम गरी तमु धिंमा सांकेतिक रुपमा ट्होटें मनाउने निर्णय गरिएको अध्यक्ष हुमबहादुर गुरुङले बताउनुभयो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...