पोखरा, चैत ३१ गते ।पोखरामा कोरोना भाइरसका ३० नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेका तीन विज्ञप्ति अनुसार मंगलबार पोखराका ३० सहित ३३ जनामा संक्रमण फेला परेको छ ।
अन्य तीन जना गैडाकोट र देवचुलीका रहेका छन भने अरु सबै पोखरा महानगरपालिकाका रहेका छन् । पोखरा कोरोना संक्रमणको हटस्पट बन्दै गएको छ ।
पोखरामा पछिल्लो समय विद्यालयहरु अध्ययनरत विद्यार्थीहरुमा संक्रमण भेटिएको छ । मंगलबार पनि पोखराको एक विद्यालयको कक्षा नौमा अध्ययनरत विद्यार्थीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै केही दिन एक दर्जन बढिमा विद्यार्थीमा कोरोना पुष्टि भएको थियो ।