प्रतिनिधिसभाको चालु संसद अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्य गरेकी छन् ।सोमबारको मन्त्रिपरिषद्‍ बैठकको सिफारिस प्रतिनिधिसभाको चालु अधिवेशन आज अपरान्ह १ बजेदेखि अन्त्य गरेको राष्ट्रपतिले सभामुखसमक्ष लिखित जानकारी गराएकी हुन् ।

पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते शुरू भएको थियो ।संसदले यसबीचमा कुनै काम गर्न नसकेपछि बजेट अधिवेशनलाई ग्याप राख्न सरकारले चालू हिउँदे अधिवेशन अन्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

 

जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम पेश हुने भएकाले वर्खे अधिवेशन चाँडै आह्वान हुनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...