गलेम राम्चेमा चैत्राष्टमी मेला तथा पुजा

पोखरा, बैशाख ७ गते ।गण्डकी अञ्चल स्याङजा जिल्लाको उत्तरमा अवस्थित तत्कालिन आरुखर्क गा.वि.स, हाल फेदिखोला गाउपालिका वडा नं. ४ गलेमको सिरानमा समुन्द्री सतहबाट २ हजार १ सय मीटरको उचाईमा रहेको राम्चे, पर्यटकीय र धार्मिक हिसाबले निकै आकर्षित छ । यस ठाउँबाट स्याङजा, पर्वत साथै कास्की जिल्लाका विभिन्न ठाउँहरु जस्तै पर्यटकीय शहर पोखरा, फेवाताल, पञ्चासे, नुवाकोट, डहरेलेक, विभिन्न हिमश्रृखलाहरु, माछापुच्छ्रे, अन्नपुर्ण, धौलागिरी लगायतका क्षेत्रहरु देख्न सकिन्छ।

 

यस ठाउँमा समुन्द्री सतहअनुसार विभिन्न किसिमका बोटविरुवा विभिन्न जडिबुटीहरु, कैयौ पशुपन्छी र अन्य वन्यजन्तुहरु पनि पाइन्छ । पोखरादेखी सर्केटारी हुँदै लगभग १० कि.मिको दुरीमा रहेको यस क्षेत्र प्रत्येक वर्ष चैते दशैको दिन मेला लाग्ने गर्दछ । यस ठाउँमा देशका विभिन्न ठाउँदेखि भक्तजनहरु को ठुलो संख्यामा भिडभाड लाग्ने गर्दछ । यस वर्ष पनि विभिन्न किसिमका भजन, किर्तन र बाजागाजा सहित पशुबली दिई मनाइयो ।

 

वैशाख ६ गते देखि शुरु भएको शितलादेवी मन्दीर परिसरमा चैते दशै मेला एवम पुजा बैशाख ७ गते विभिन्न कार्यक्रम गरी समापन गरिएको छ । सो कार्यक्रम मन्दिर निर्माणका लागि विषेश भुमिका खेल्ने स्व.हुम बहादुर रानाभाटलाई सम्झदै मौनधारण गरेको थियो। यसै कार्यक्रम बिच शितला राम्चेदेवी मन्दिरमा निर्माण गरिएको हेलिप्याडको रिबन काटी उद्घाटन गर्नुहुदै फेदिखोला गाउँपालिकाका अध्यक्ष तथा यस कार्यक्रमका प्रमुख अतिथि घनश्याम सुवेदीले यस मन्दिरको पुर्वाधार विकासमा जोड दिदै यस वरिपरि क्षेत्रभन्दा पनि नेपालभरबाट आउन चाहने जो–कोही भक्तजनहरुलाई सुविधा हुनेगरि आफु अगाडि बढ्ने र यसको लागी केवलकार, हेलीप्याड तथा अन्य कार्यक्रमको पहल गर्ने गरी गुरुयोजना गरिएको भन्नुभयो। यसका लागि सबैले आ–आÇनो ठाउँबाट यस मन्दिरसँग सम्बन्धित सबै व्यक्ती तथा संस्थासँग सहयोगको लागि अपिल गर्नुभयो ।

 

सोही कार्यक्रममा उपस्थित गाउपालिका उपाध्यक्ष देवि थापाले स्थानिय निर्वाचन पछि यस मन्दिरको भौतिक निर्माण देखि विभिन्न विकासको लागि आÇनो सहयोग रहने वताउनुभयो । श्री शितला राम्चेदेवी मन्दिर निर्माण व्यवस्थापन तथा यस वरिपरिको विकासको लागि बढि चासो लिने वरिष्ठ समाजसेवी तथा तमु धिं नेपालका संरक्षक मेजर डिल बहादुर गुरुङले आफु जन्मेको र हुर्केको यस ठाउको विकास गर्नसधै तत्पर रहन बताउनुभयो । यस वरिपरीको हरेक क्षेत्रमा गर्नुपर्ने विकास तथा अन्यकुरामा यस श्री शितला राम्चेदेवी मन्दिरलाई शक्तिपिठको रुपमा हेर्न चाहेको र यसको लागि आफु कुनै कमि नरहने मनभित्रैबाट सहयोग गर्ने जानकारी दिनुभयो ।

 

श्री शितला राम्चेदेवी व्यवस्थापन समितिका अध्यक्ष राजकुमार ढकालले यस क्षेत्रको विकासका लागि विषेश भुमिका निर्वाह गर्नुहुने स्व. मनलाल गुरुङका छोराहरु क्या. कर्ण बहादुर गुरुङ, सु. बेल बहादुर गुरुङ, ई. धिर बहादुर गुरुङ, ना.सु किम बहादुर गुरुङ छोरी बेलकुमारी गुरुङ, ज्वाई स्व. नन्दवीर गुरुङ लगायतबिजुली,ट्रष्ट तथा अन्य सामाग्री निर्माण गरिदिने सम्पुर्णलाई धन्यवाद दिदै खादा र टिका लगाई सम्मान गर्नुभएको थियो । यसैगरी राम्चे शिद्धटोल विकासका संस्थाका अधयक्ष मेघनाथ पौडेलले यस क्षेत्रको विकासको लागि आफु र आÇनो मातहतमा रहेर टोलबासी छिमेकी तथा अन्य सँग छलफल गरी सक्दो सहयोग गर्ने गरी गरिएको जानकारी दिनुभयो ।

 

यसैगरी श्री शितला राम्चेदेवी मन्दिर परिसरमा धार्मिक, साँस्कृति, पुरातात्विक वस्तु संरक्षणमा युवा भेला श्री शितला राम्चेदेवी मन्दीरलाई पर्यटकिय स्थानमा विकास र पवर्धन गर्ने चैते दशै मेला मुल नाराका साथ शितला युवा क्लब द्वारा प्रत्येक वर्ष साँस्कृतिक कार्यक्रम, खेलकुद तथा अन्य कार्यक्रम गरि मनाउदै आएको क्लब अध्यक्ष दिपेन्द्र पौडेलले यसवर्ष कोभिड–१९का कारण भलिबल प्रतियोगिता मात्र गरिएको जानकारी दिनुहुँदैे ६ र ७ गते गरी २ दिनसम्म चलेको उक्त प्रतियोगितामा विभिन्न क्षेत्रका गरी करिब १० टिमले सहभागिता जनाउनु भएको थियो । जसमा प्रथम बन्न सफल टिमले नगद २५ हजार रुपैया सहित पुरस्कृत भएको थियो । सो प्रतियोगिताको प्रमुख अतिथि मे. दिल बहादुर गुरुङले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...