गण्डकीमा आज कोरोना संक्रमित २ जनाको मृत्यु

गण्डकी प्रदेशमा शुक्रबार थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्की र स्याङ्जाका १र१ संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा। विनोदविन्दु शर्माले जानकारी दिए ।

कास्कीको पोखरा महानगरपालिका ६ की ८२ वर्षीया महिला र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ५ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

पोखराका संक्रमितको चरक मेमोरियल अस्पताल र स्याङ्जाका संक्रमितको मणिपाल शिक्षण अस्पतालमा बिहीबार राति मृत्यु भएको निर्देशक डा। शर्माले बताए ।

योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२३ पुगेको छ । गण्डकीमा कोरोना संक्रमितको संख्या १८ हजार ३८८ पुगेको छ । तीमध्ये १६ हजार ८१० जना निको भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...