कास्कीमा बैशाख २१ गतेदेखि ३१ गते रातीसम्म लकडाउन घोषणा(के खुल्छ के खुल्दैन)

पोखरा, बैशाख १९ गते ।कोरोना भाइस संक्रमण तिव्र गतिमा फैलिएपछि कास्कीमा लकडाउन गरिने भएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गत १५ वैशाखदेखि लगाइएको निषेधाज्ञालाई थप कडाइ गदै लकडाउन गर्ने निर्णय गरेको हो । बैशाख २१ देखि वैशाख ३१ गते राती मध्यराती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । नयाँ आदेश मंगलबार अर्थात २१ गते राती मध्यरात १२ बजेबाट लागु हुनेछ ।

यसअघि सार्वजनिक र निजी सवारी जोरबिजोर चलाउन पाइने निर्णय भए पनि अब अत्यावश्यकबाहेक सबै सवारी सञ्चालन बन्द हुने भएको छ ।

खाद्यान्न, डेरी पसल, बिहान ५ बजेदेखि ९ बजेसम्म खोल्न पाइने निर्णय भएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । औषधी पसल भने २४ घन्टा खोले पनि रोकतोक हुने छैन । यसअघि रेस्टुरेन्टमा टेक अवे सेवा सञ्चालन गरिएकोमा त्यो पनि बन्द हुनेछ ।

फनपार्क, रंगशाला, दोहोरी साँझ, फुटसल, सैलुन, डिस्को, अत्यावश्यकबाहेकका पसल पनि खोल्न पाइने छैन ।

औषधी पसल भने २४ सै घन्टा खोल्न पाइने छ ।स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, औषधीजन्य उत्पादन तथा बिक्री वितरण लगायत अत्यावश्यक सेवाबाहेक अरु सरकारी तथा गैरसरकारी कार्यालय बन्द रहने छन् । घरमा गरिने पूजापाठजस्ता धार्मिक कार्यक्रममा पनि १५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन ।

निमार्ण सामग्री ढुवानी गर्ने सवारीले दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म काम गर्न पाउने प्रजिअ गौतमले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...