पोखरा, बैशाख २२ गते ।गण्डकीमा बुधबार २०५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पोखराका विभिन्न अस्पतालमा गरिएको स्वाब परिक्षणमा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार थपिएका मध्य ८२ जना पोखरा महानगरपालिकाका रहेका छन् । त्यस्तै ५१ जना नवपलपरासीपूर्वका रहेका छन् । बाग्लुङका ३३ जना,तनहुँका ३८ जना, स्याङजाका २४ जना, म्याग्दीका २८जना,पर्वतका ७जना, लम्जुङका २जना र बागलुङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।