एमाले जोगाउन गण्डकीका ११ जिल्ला अध्यक्षद्धारा संयूक्त अपिल

पोखरा, बैशाख २४ गते ।नेकपा एमालेको एकता जोगाउन गण्डकी प्रदेशका ११ जिल्लाका अध्यक्षले आह्वान गरेका छन्। शुक्रबार ११ जिल्लाका पार्र्टी अध्यक्षहरुले संयूक्त विज्ञप्ति जारी गदै एमालेका शिर्र्ष नेताहरुलाई पार्टीको एकता जोगाउन आह्वान गरेका हुन । उनीहरुले जारी गरेको संयूक्त बक्तब्यमा भनिएको छ, नेपाल कम्यूनिष्ट पार्टी एमाले जिवन्त र गतिशिल पार्टी हो ।नेपाल कम्यूनिष्ट आन्दोलनको मूल प्रवाह होे।

पार्टी भित्र विगत वर्षहरुदेखि आन्तरिक अन्तरवरोधहरु देखा परिरहेका छन्् । यो अन्तरसंघर्षले पार्टीलार्ई क्षति पु्र्याई रहरेको हामीले महसुुस गरिरहेका छौँ ।’ कम्यूनिष्ट पार्टीको इतिहास, आर्दश, मुल्यमान्यता र जनता प्रतिको जवाफदेहितालाई आत्मासाथ गदै हाम्रा आदरणीय नेताहरुलाई एकताबद्ध भई नेकपा एमाले पार्टीलार्ई जोगाउन अनुरोध गर्दछौ बक्तब्यमा भनिएकोछ।

 

बक्तब्यमा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, स्याङजा अध्यक्ष सुर्यप्रसाद शर्मा(पारस), तनहुँ अध्यक्ष केदर सिग्देल, लम्जुङ अध्यक्ष धनञ्जय दवाडी, गोरखा अध्यक्ष प्रेमबहादुर गुरुङ, पर्वत अध्यक्ष पदम गिरी, बाग्लुङ अध्यक्ष इन्दैलाल सापकोटा, म्याग्दी अध्यक्ष हरिकृष्ण श्रेष्ठ, मुस्ताङ अध्यक्ष चन्द्रमोहन गौचन, मनाङ अध्यक्ष पाल्टेन छोपेन गुरुङ र नवलपुर अध्यक्ष रोशन गाहा रहेकाछन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...