पोखरा, बैशाख २४ गते । गण्डकीको राजधानी पोखरामा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको शुक्रबारको दशौँ विज्ञप्ति अनुसार पोखरामा एकै पटक ४५४ जनामा संक्रमण पुष्टि भएको छ ।

यो अहिलेसम्मकै धेरै हो । पोखरामा एकै पटकमा यति धेरै संख्यामा कोरोना पुष्टि भएको पहिलो पटक हो । गण्डकी प्रदेशमा ५५२ जना संक्रमित भएको तथ्याङ सार्वजनीक हुदाँ पोखराका मात्रै ४५४ जना रहेका छन् ।


