पोखरा, वैशाख २७ गते। राजनीताको धम्की दिदै आएका नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् ।

माधव नेपाल समुहको बैठकले राजनीनामा नदिने तर संसद बैठकमा उपस्थित नहुने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिदै छन् । उनीहरुले प्रधानमन्त्रीलाई विश्वासमा असफल बनाउन संसद बैठकमा उपस्थित नहुने निर्णय गरेका हुन् ।
तर नेपाल समुहले आज विहान सम्म पार्टी एकता बचाउन अध्यक्ष ओलीलाई अल्टिमेटमा लिएका थिए। तर अल्टिमेटम बारे कुनै प्रतिक्रिया नआएपछि यस्तो निर्णयमा नेपाल समुह पुगेको हो ।