पोखरा, बैशाख २८ गते । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ६२४ नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट गण्डकीमा मंगलबार १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११२ जना कोरोना संक्रमणमुक्त भएका छन । पछिल्लो पटक ११६५ जनाको स्वाब परीक्षण गरिएको थियो भने ५३२ जनाको नेगेटिभ आएको थियो ।
गण्डकी प्रदेशमा ५८७६ जना होम आइसोलसेनमा छन भने सक्रिय संक्रमितको संख्या ६०३३ रहेको छ । मंगलबार सबैभन्दा धेरै ३५६ जना नयाँ संक्रमित थपिएका छन् । स्यांजामामा ८६, नवलपरासी पूर्वमा ४५, तनहुँ ३७, पर्वतमा ६०, गोरखामा २५, म्याग्दीमा ८, लम्जुंगमा ३ र बागलुं र मुस्तांगमा दुई दुई जना संक्रमित थपिएका छन् ।