सुर्खेत, जेठ १ गते । कोरोना सक्रमणका कारण बिरामी भए पछि शुक्रबार बिहान लेकवेशी नगरपालिकाकी ४० वर्षिय महिला उपचारका लागि प्रदेश अस्पताल ल्याइयो ।अक्सिजनसहितको बेड नभए पछि उहाँलाई प्रदेश अस्पतालमा राख्न नसकिने भए पछि प्रदेश आयुर्वेद औषधालयमा ल्याइयो । त्यसको अघिल्लो दिन बिहीबार गुर्भाकोट नगरपालिकाका ४३ वर्षीय परुषलाई प्रदेश अस्पताल ल्याइयो ।अस्पतालले अक्सिजनसहितको बेड अभाव देखाउँदै भर्ना लिएन् । अक्सिजनसहितको बेड नभए पछि उनलाई पनि प्रदेश आयुर्वेद औषधालयको आइसोलेशनमा ल्याइयो । प्रदेश आयुर्वेद औषधालयका प्रमुख डा. शंकर रिजालले प्रदेश अस्पतालमा अक्सिजनको अभावमा राख्न नसक्ने भए पछि आयुर्वेद अस्पतालमा रहेको आइसोलेशनमा भर्ना गरिएको बताउनुभयो ।
आयुर्वेद अस्पतालमा १४ जना बिरामीहको उपचार भइरहेको छ । उहाँले यही अनुसार बिरामी आइरहे यहाँ पनि अक्सिजनको अभावमा भर्ना गर्न नसकिने अवस्था रहेको बताउनुभयो ।सुर्खेतमा अक्सिजनको चरम अभाव भए पछि प्रदेश अस्पताल सुर्खेतले बिरामी भर्ना लिन नसक्ने जानकारी दिएको छ ।अस्पतालका निर्देशक डा. डम्मर खड्काले शुक्रबार सुचना जारी गरेर अक्सिजन आपूर्ति हुन नसकेको कारण अब थप बिरामी लिन नसक्ने जानकारी गराउनु भएको हो ।
प्रदेश अस्पतालमा मात्रै अहिले दैनिक तीन सय शिलिण्डर अक्सिजन आवश्यक पर्छ । त्यहाँ अहिले दुई वटा अक्सिजन प्लान्ट छन् । त्यस मध्य अस्पतालको पुरोना भवनमा रहेको विग्रेकाले अक्सिसन प्लान्ट बन्द छ ।यहाँको उत्पादनले धानेर दैनिक अहिलेको अवस्थामा एक सय ५० शिलिण्डर आवश्यक पर्ने भए पनि नेपालगञ्जबाट दैनिक ५० वटा शिलिण्डर मात्र आउने गरेको छ । अस्पतालका कोरोना फोर्कल पर्सन डा.सञ्जिव भण्डारीले नेपालगञ्जबाट अक्सिजन ल्याउन नसकिएकाले यहाँ अक्सिजनको चरम अभाव भएको बताउनुभयो ।
प्रदेश अस्पतालमा अहिले दुई वटा भवनमा गरेर ९० जना बिरामीको उपचार भइरहेको छ । नयाँ भवनमा ३८ जनालाई पाइपलाइनबाट अक्सिजन दिइएको छ । उहाँले भन्नुभयो, ‘अक्सिजन कम भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ छौँ भनेका हौँ । यहाँ सुर्खेतका मात्रै नभएर अन्य जिल्लाका आउँछन् । बेड र जनशक्ति भए पनि अक्सिजन अभाव हुन थाले पछि समस्या भएको हो । कोरोना सक्रमणको दोस्रो लहर आएसँगै कोरोना सक्रमणको जोखिम बढेको छ । अहिलसम्म पाँच सय १५ जनाकोे उपचार भइरहेको छ । आइसियूमा एक सय एक जना र भेन्टीलेटरमा १० जनाको उपचार भइरहेको छ । अहिलेसम्म प्रदेशमा १३४ जनाको कोरोना सक्रमणका कारण मृत्यु भएको छ ।