पोखरा, जेठ ३ गते ।जिल्ला प्रशासन कार्यालयका कास्कीले कोरोना भाइरस संक्रमण सम्वन्धि गतिविधि गर्दा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय एवं स्थानिय तहको समन्वयमा सञ्चालन गर्नुपर्ने जनाएको छ ।
अस्पतालका कोरोना संक्रमित विरामी तथा आइसोलेसन सेन्टर निर्माण तथा सञ्चालन गर्ने जस्ता कार्यहरु सञ्चालन, संक्रमित विरामी तथा तिनका कुरुवाहरुलाई खानपानको व्यवस्था र राहत वितरण गर्ने कार्यहरु गर्दा स्थानीय तहसंगको समन्वयमा मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउन सम्वन्धि सबैको लागि जानकारीको लागि अनुरोध गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारीको हस्ताक्षरमा सोमबार जारी गरिएको सुचनामा भनिएको छ, सबै कार्यहरु एकद्धार नीति अन्र्तगत जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णय र स्थानीय तहको समन्वयमा गर्नुपर्ने राष्टिय नीति रहेको उल्लेख गरिएको छ ।