पोखरा, जेठ ४ गते । पोखरा वडा नम्वर ७ का जनप्रनिधि किशोर बरालको फोनको घण्टी बज्यो । उनले फोन रिसिभ गरे ।त्यो फोनको घण्टी थियो रक्त संचार केन्द्र पोखराको । उनले फोन उठाउने वित्तिकै उत्ताबाट पोखरामा रगत अभाव भयो । आकस्मिक रक्तदान कार्यक्रम आयोजन गर्नुपर्यो । पोखरा महानगरपालिका वडा नम्वर ७ का जनप्रतिनिधि बरालले फोन राखेर रक्तदान कार्यक्रमका लागि रक्तदाता खोज्न थाले । वडा सदस्य एवं महानगर न्यायिक समितिका सदस्य बरालले आफना वडामा रहेका ब्यक्तिहरुलाई फोन घुमाए ।
विभिन्न संघसंस्थामा समेत आवद्ध बरालले बोलाएपछि रक्तदान गर्न केही ब्यक्तिहरु आए । यति बेला पोखरामा रगत अभाव भएको छ । कोरोना भाइरस संक्रमणका कारण रक्तना कार्यक्रम आयोजना नहुदाँ रगत अभाव देखिएको हो । पोखरामा देखिएको रगत अभावलार्ई न्यूनिकरण गर्न आकस्मिक रक्तदान कार्यक्रमले राहत मिलेको उनको भनाई ।
मंगलबार आयोजना गरिएको आकस्मिक रक्तदानमा २७ यूनिट रगत संकलन भएको आकस्मिक रक्तदाता समुहका संयोजक किशोर बरालले बताए । करिव चार घण्टाको दौरानमा गरिएको आकस्मिक रक्तदान उक्त रगत संकलन भएको उनले बताएका छन् । छोटो समयको अह्वानमा उपस्थित भई रक्तदान गर्नुहुने सम्पूर्ण रक्तदाताहरुप्रति उनले हार्दिक आभार समेत प्रकट गरेका छन ।