प्रदेश सरकारद्धारा ७३ पालिकालाई पाँच/पाँच लाख दिने, गाउँगाउँसम्म खोप : मुख्यमन्त्री गुरुङ

पोखरा, जेठ ७ गते ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार उक्त मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण पछि उहाँले गण्डकीका ७३ पालिकहरुलाई पाँच पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गर्नुभएको छ । मुख्यमन्त्री गुरुङले मागको आधारमा स्वास्थ्य पूर्वाधार विकासका लागि ७३ वटा पालिकाहरुमा उक्त रकम उपलब्ध गराउने निर्णय गर्नुभएको हो ।

बाँकीमा माग हुनासाथ पठाउने निर्णय भएको छ । उपलब्ध गराइएको रकम स्वास्थ्य सुरक्षा सामग्री सहित कोभिड रोकथामका काममा पालिकाहरुले खर्चन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै उहाँले कर्र्मचारीहरुलाई निर्देशन समेत दिदै भन्ुनभयो स्वास्थ्य मन्त्रालय स्मार्ट बनाउने हो, अब स्मार्ट हेल्थको कार्यक्रम अघि बढाउने हो ।

 

मुख्यमन्त्री गुरुङले जिल्ला अस्पतालहरुको सुदृढीकरण गर्ने समेत बताउनुभयो । उहाँले दोस्रो र तेस्रो लहरको कोभिड १९ रोकथामका लागि खोप र अक्सिजन प्लान्टमा जोड दिनुपर्छ भन्दै कोभिडका बिरामीको उपचार हुनुप¥यो, मनोवैज्ञानिक उपचार पनि गर्नुप¥यो । अब खोप खरिद गर्ने, भण्डारण गर्ने र गाउँगाउँसम्म खोप पु‍र्याउने काममा लाग्न निर्देशन दिनुभयो ।

 

वैज्ञानिक ढंगले जनस्वास्थ्यको पुनसंरचना गर्नुपर्छ मुख्यमन्त्री गुरुङले भन्नुभयो,अक्सिजन प्लान्टहरु स्थापना गर्नुपर्छ ।पिसिआर रिपोर्ट २४ घन्टाभित्र उपलब्ध गराउनुपर्छ । होम आइसोलेसनमा बसेकाहरुलाई परामर्श र मेडिकल किटहरु उपलब्ध गराउनुपर्छ ।

 

उहाँले कोभिड १९ रोकथाम र उपचारका लागि निजी अस्पतालहरु र पालिकाहरुसँग समन्वयन गर्नुपर्छ । प्राविधिक कर्मचारीहरुलाई प्रोत्साहन गर्नुपर्छ भन्दै, यो संकटको बेला हो, युद्धको बेला हो, सबैले सहकार्य गर्नुपर्छ, समन्वय गर्नुपर्छ भन्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...