प्रतिनिधि सभा विघठन विरुद्ध काँग्रेसको विरोध प्रदर्शन

पोखरा । गण्डकी प्रदेशको राजधानीपोखरामा नेपालीकांग्रेसले विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री र राष्ट्रपतिको संसद विघटन र मध्यावधि चुनावको घोषणा गर्ने कदमलाई प्रतिगमन भन्दै कांग्रेसले विरोध प्रदर्शन गरेको हो । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ६ को वडा कमिटीको आयोजनामा पोखराको हल्लनचोकमा िवरोध प्रदर्शन भएको हो ।


उक्त अवसरमा नेपाली कांग्रेसका जिल्ला सदस्य लक्ष्मण पहारी (लक्की) ले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर प्रतिनिधिसभा विघटन र चुनाव घोषणाको असंवैधानिक र निरंकुश कदमचालेको आरोप लगाए ।उनले सार्वभौम नेपाली जनताप्रति जवाफदेही विहीनताको पराकाष्ठाको रुपमा चिनिएको यो असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कार्यको कडा प्रतिवादग र्ने र देशभर आन्दोलनमा होमिने चेतावनी दिए ।

 

प्रदर्शनमा सभापति बलराम गिरीले कोरोना भाइरसको विश्वब्यापी महामारीको दोश्रो लहरले पैदा गरेको जनस्वास्थ्य संकट र असह्य पीडासँग जुधिरहेको बेला त्यसबाट आमजनताको प्राण रक्षा गर्नुको सट्टा राजनैतिक संकट उत्पन्न गरेर जनतालाई प्रतिरोधको लागि सडकमा ओर्लिन बाध्य बनाइएको भन्दै कडा संघर्ष गर्ने चेतावनी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...