जनस्वास्थ्य प्रयोगशाला भवनको शिलान्यास

पोखरा, जेठ १० गते । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन सोमबार शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गर्नुभयो ।

त्यस्तै दस बेड क्षमताको आइसियुको समेत सुरुवात गरिएको छ । आइसियुको मुख्यमन्त्री गुरुङले आजै उद्घाटन गर्नुभयो । त्यस्तै प्रदेश संक्रामक रोग अस्पतालमै बेड विस्तारसहित नयाँ भवन निर्माणको शिलान्यास समेत गर्नुभएको छ । लेखनाथको मोहोरीयामा रहेको अस्पतालमा थप बेड विस्तारका लागि भवन निर्माणको सुरुवात गरिएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...