गणतन्त्र दिवसमा मुख्यमन्त्री गुरुङको शुभकामना :कोभिड १९ र गणतन्त्र विरोधी दुवैलाई पराजित गर्न सक्छौं

पोखरा, जेठ १५ गते । आज प्रन्धौँ गणतन्त्र दिवस । गणतन्त्र दिवसका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभकामना ब्यक्त गर्नुभएको छ । गणतन्त्र दिवसको सुखद् अवसरमा ज्ञात अज्ञात अमर शहीदहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभएको छ ।

उहाँले नेपाली जनताको लामो त्याग, तपस्या र संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हाम्रो दायित्व हो भन्दै जनताका प्रतिनिधिबाट निर्वाचित जनप्रतिनिधि राष्ट्र प्रमुख हुने गणतान्त्रिक शासन व्यवस्थालाई जति बलियो बनाउन सकियो जनता त्यति नै बलियो हुन्छन भन्ने कुरामा कुनै द्विविधा छैन शुभकामना सन्देशमा भनिभएको छ ।

स्थापनाको पन्ध्रौं वर्षमा आइपुग्दा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै जानु हाम्रा लागि गर्वको विषय हो भनिएको छ ।

तर मुलुकमा पछिल्लो समय विकसित राजनीतिक अस्थिरताका बीच दलीय व्यवस्थाका आधारभूत मूल्ष् मान्यता र गणतन्त्रको प्रतीक संस्था राष्ट्रपतिमाथि हमला भइरहनु दुखद छ। यस्ता क्रियाकलापले गणतन्तन्त्रलाई कमजोर बनाउँने शुभकामनामा भनिभएको छ ।

यसमा जनता सचेत हुन जरुरी छ। कार्यकारी अधिकार मन्त्रिषरिषदमा रहने शासन व्यवस्था हुँदा हुँदै पनि सरकारका सिफारिस अनुसार भएका कतिपय कामका लागि सम्माननीय राष्ट्रपतिज्यूलाई दोषारोपण गर्नु राजनीतिक सचेतनाको अभावमात्रै होइन गणतन्त्रलाई कमजोर बनाउने नियोजित प्रयास हो भन्ने मैले ठानेको छु ।

यस्ता क्रियाकलापको हामी सबैले डटेर सामना गर्नुपर्छ। गणतन्त्र बलियो बनाउने मामलामा आआफ्नो ठाउँबाट योगदान गर्न म सबै जनतालाई अपील पनि गर्दछु शुभकामना सन्देशमा भनिएको छ ।

गणतन्त्रात्मक शासन व्यवस्थामा जनअपेक्षा धेरै छन । यो बेला हामी कोभिड(१९ को महामारीसँग पनि जुधिरहनुपरेको छ र गणतन्त्र कमजोर बनाउन लागिरहेका अराजनीतिक तथा अराजकतासँग लडिरहनुपरेको छ। यी दुवै चुनौतीलाई हामीले परास्त गर्नुपर्छ भन्दै उहाँले निष्ठापूर्वक जनतामा समर्पित भयौं भने कोभिड १९ र गणतन्त्र विरोधी दुवैलाई पराजित गर्न सक्छौं भन्ने दह्रो आत्मविश्वासका साथ म आफ्नो जिम्मेवारी अनुसार लागिपरिरहेको समादरणीय जनसमुदायमा सविनय निवेदन पनि गर्दछु ।

गणतन्त्र दिवसको यो ऐतिहासिक अवसरले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई मजबुद बनाउने दिशामा अग्रसर हुन हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासहित गणतन्त्र दिवस, २०७८ को उपलक्ष्यमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु शुभकामना सन्देशमा भनिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...