मन्त्रिपरिषद् विस्तार बारे छलफल, कास्कीले दुई मन्त्री पाउने सम्भावना

पोखरा, जेठ २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने चर्चा चलेको छ । सम्भव भए आज नभए भोलीसम्म विस्तार हुने बताइएको छ ।

प्रधानमन्त्री ओली छलफलमा हुनुहुन्छ एमाले नेताले भने, मन्त्रिपरिषद् विस्तार हुन्छ तर आज की भोली भन्ने मात्रै हो । ओलीले अहिले आफूसँग रहेका रक्षा, गृह, कृषि तथा पशुपन्छी विकास, उद्योग बाणिज्य तथा आपूर्ति, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा मन्त्री नियूक्त गर्न लागेका छन् । मन्त्रालयको जिम्मेवारीका लागि एमाले नेताहरु अहिले दौडधुपमा छन् ।

 

प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफूसँगै राखेर बाँकी मन्त्रालयको जिम्मेवारी बाँडफाँटको तयारी गरेको एमाले स्रोतले जनाएको छ । विस्तार हुने मन्त्रिपरिषद्मा कास्कीले दुई मन्त्री पाउने सम्भावना रहेको बताइएको छ ।विघठित प्रतिनिधिसभाका सांसद खगराज अधिकारी र विद्या भटराई दुवै मन्त्री हुने सम्भवना रहेको बताइएको ।यो चुनावी सरकार भएकाले अहिले गृह मन्त्रालय महत्व अझ बढी छ ।

 

आगामी निर्वाचन सम्पन्न गराउन सक्ने आँटिलो मन्त्रीको खोजीमा प्रधानमन्त्री ओली लाग्नुभएको बुझिएको छ । तर सोचेकोजस्तो उम्मेदवार अझै तय भइनसकेको बताइएको छ । सो मन्त्रालयका लागि पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी, युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेत, सुदूरपश्चिमका नेता कर्ण थापाको नाम चर्चामा छ ।

 

त्यस्तै, मन्त्री बन्ने अन्य सूचीमा नारदमुनी राना, राजेन्द्र गौतम, विशाल भट्टराई, पार्वती विसंखे, राजबहादुर शाही, झपट बोहरा, विद्या भट्टराई, विमला पौडेल राई लगायतको नाम चर्चामा छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...